२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

जुरे पहिरो पीडितले माग अनुसार नगदै राहत पाउने

  • २०७९ चैत्र १५, बुधबार मा प्रकाशित १ साल अघि
  • चैत १५, २०७९

    चाैतारा । अन्तत: जुरे पहिरो पीडितले माग बमोजिम नगदै राहत पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार अब जिल्ला विपद् व्यवस्थाप समितिले स्थानीय तहको समन्वयमा पीडितहरुको यकिन तथ्यांकका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्ने छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्ले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित २ कराेड २४ लाख ६६ हजार ६५७जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा पीडितहरूको यकिन तथ्याङ्कका आधारमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई निर्देशन दिने’ निर्णय गरेको हो ।

    आठ बर्ष यता रोकिएको रकम वितरणका लागि विगत देखि नै पहल हुँदै आएको थियो । पहिरोमा परी १४५ जनाले ज्यान गुमाएका थिए भने १५३ घरमा क्षती पुगेको थियो । पीडितको पीडामा मलम लगाउन गाँस काटेर जनस्तरबाट संकलीत २ करोड २४ लाख ६६ हजार ६ सय रुपैंया विधि बनाएर वितरण गर्न भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरिएको थियो ।

    केन्द्रीय दैबी प्रकोप उद्धार समितिले कार्यविधि बनाएर खर्च गर्न २०७१ साउन २५ गते निर्णय गरकोमा कार्यविधिको ढिलाइले खर्च भएको थिएन ।

    २०७२ बैशाख १२ को भूकम्पले थप पीडा दिएपछि २०७३ बैशाख २७ गते केन्द्रीय दैबी प्रकोप उद्धार समितिले अन्यायपूर्ण निर्णय गर्दै पहिरो पीडितलाई पनि भूकम्प प्रभावित सरह मात्रै राहत दिने निर्णय सार्बजनिक गरेको थियो ।

    दोहोरो राहतका नाममा पहिरो पीडितलाई अन्याय भएकोमा २०७५ कार्तिक २९ गतेको मन्त्रिपरिषद्ले भूकम्प पीडितले पाएको राहत रकम र पहिरो पीडितलाई उपलब्ध गराउने रकम समान हुने गरी राहत वितरण गर्ने निर्णय गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस