२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

स्ववियु निर्वाचन- क्रान्तिकारी ४, अनेरास्ववियु र नेविसंघ तीन/तीन क्याम्पसमा विजयी

  • २०७९ चैत्र ६, सोमबार मा प्रकाशित १ साल अघि
  • चैत ६, २०७९

    चौतारा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मतदान र निर्विरोधसहित १० क्याम्पसहरुको मत परिणाम सार्वजनिक भएको छ । १२ क्याम्पस मध्ये २ क्याम्पसमा भने निर्वाचन प्रक्रिया नै सुरु भएको छैन ।

    १० क्याम्पस मध्ये ५ क्याम्पसमा यसअघि नै निर्विरोध नेतृत्व चयन भइसकेका छन् । ५ क्याम्पसमा भने हिजो मतदान भएको थियो । हालसम्म चार क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले सभापति हात पारेको छ भने अनेरास्ववियु र नेविसंघले तीनरतीन क्याम्पसको नेतृत्व हात पारेका छन् ।

    चौतारा बहुमुखी क्याम्पस, ककलिङ क्याम्पस, जलविरे क्याम्पस र जुगल क्याम्पसमा क्रान्तिकारीले सभापतिमा जित हासिल गरेको छ ।

    त्यस्तै, अनेरास्ववियुले सुनकोशी क्याम्पस,मेलम्ची भ्याली र इन्द्रावती क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ । नेविसघले अरनिको कलेज, ठोकर्पा बहुमुखी क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस