२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मन्त्री दुलाल भन्छन्- प्रधानमन्त्री प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, हामी सबैको हो

  • २०७९ फागुन २२, सोमबार मा प्रकाशित १ साल अघि
  • फागुन २२, २०७९

    चाैतारा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ले देश र जनताका अधिकारको रक्षा नै महत्वपूर्ण विषय भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका दुलालले देश र जनताको अधिकारको रक्षाबाहेक सबै कुरा सहायक हुने बताएका हुन् । 

    उनले प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लगाइएको मुद्दा व्यक्तिगत नभइ समग्र भएको बताए । उनले प्रचण्ड माथिको मुद्दा सबैको भएको भन्दै सो बिषयलाई नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ ? भन्ने प्रश्न गरेका छन् ।

    ‘जनताको अधिकारको रक्षा, देशको रक्षा र समृद्धि बाहेक हाम्रा लागि सबै कुरा सहायक हुन् ।’ उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड माथिको मुद्दा व्यक्तिगत होइन, समग्र हो । हामी सबैको हो ? के यो बिषयलाई कसैले नजर अन्दाज गरेर देश सहि मार्गमा अघि बढ्न सक्छ ?’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस