२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘सहकारीलाई विकृतिबाट बचाएर उद्देश्य अनुसार परिपक्व बनाउनुपर्छ’

  • २०७९ पौष २९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • पुस २९, २०७९

    चौतारा । प्रतिनिधि सभाका सांसद माधव सापकोटा ‘सुवोध’ले सहकारीहरुलाई उद्देश्य अनुसार अझ परिपक्व र जिम्मेवार ढंगले अघि बढाउनुपर्ने बताएका छन्।

    सुनकोसी गाउँपालिकास्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पछिल्लो समय केही सहकारी संस्थाको गलत कार्यसम्पादनका कारण सहकारी क्षेत्रलाई शंकाको दृष्टिले हेर्न थालिएको बताए।

    उनले सहकारी संस्थागत सुशासन, वित्तीय अनुशासन र सदस्यहरुको हितलाई केन्द्रमा राखेर चल्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा सुनकोशी गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छीमाया तामाङ, जनप्रतिनिधिहरु, सहकारीमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो।

    आत्मनिर्भर सहकारीको कार्यक्षेत्र सुनकोशी गाउँपालिका ५, ६ र ७ तथा लिसंखुपाखर गाउँपालिका ५ र ७ गरी दुई पालिकाका ५ वटा वडा रहेको छ ।

    २ हजार ७ सय ४५ सदस्य आवद्ध रहेको संस्थाले आफ्नो कारोबार २३ करोड रुपैंयाँभन्दामाथि पुर्‍याएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस