पुस २४, २०७९
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताएका छन् ।
पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसदको पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए ।
उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागिताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भइरहेको जिकिर गरे । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको उनको भनाइ छ ।
उनले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने उल्लेख गरे ।
उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्ग पनि गरे ।
प्रतिक्रिया दिनुहोस