मंसिर २९ , २०७९
चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिकाका मतदाताहरुले सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा १ का उम्मेदवार युवराज दुलालले आफ्नाे मन जितिसकेले अब सजिलै चुनाव पनि जित्ने बताएकाछन् ।
मंगलबार मतदाता भेटघाट तथा घरदैलाेकाे प्रममा चाैसागढी नगरकाे विभिन्न वडामा पुगेका दुलाललाइ मतदाताहरुले आफ्नाे मन जितिसकेका नेताले आफुसंग भाेट मागिरहन नपर्ने बताएकाहुन् । बागमती प्रदेशकाे समाजिक विकास मन्त्रीकाे जिम्वेवारी बहन गर्दा विकासवादी नेताकाे उपमा पाएका नेता दुलाललाइ यतिबेला लाेकतान्त्रिक -वाम गठबन्धनका नेता/कार्याकर्ताले मात्र नभएर आम मतदाताले साझा उम्मेदवारकाे रुपमा लिएकाे बताउने गरेकाछन् ।
मतदाताकाे साझा प्रतिनिधिकाे रुपमा स्थापित भएकै कारण नेता दुलाललाइ जहाँ गयाे तेहि मतदाताले भव्य स्वागत गरिरहेकाछन् । पहिलाे चरणकाे घरदैलाे सकेर पुन:मतदाताकहाँ गैरहेका दुलाल मतदाताकाे अर्गानिक मायाले झनै उत्साह थपिएकाे बताएकाछन् ।
विगतमा जनताले गुनासाे गर्ने ठाउँ नराख्नेगरि कार्य सम्पादन गर्ने सफल भएकै कारण उनिलाइ याे पटककाे निर्वाचन झनै सहज भएकाे हाे । कार्यकुशलताका कारण आगामी निर्वाचनमा सहज विजयीयात्रा तए गरेका दुलाललाइ बलियाे गठबन्धनले मतान्तर बढाउन झनै सहज बनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस