कात्तिक २४, २०७९
चौतारा । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको समय सिमा नजिकिँदै गर्दा लोकतान्त्रिक–वाम गठबन्धनले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको छ ।
गठबन्धनले सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहहरुमा मतदाता भेटघाट कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको हो।
पछिल्लो समय सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा १ को लिसंखुपाखरवासी मतदाताले गठबन्धनलाई आफ्नो अमुल्य मत दिई जिताउन आतुर रहेको बताएका छन् ।
एकातिर गठबन्धनका उम्मेदवारहरु घरदैलो गर्ने व्यस्त तालिकामा छन् भने अर्कातिर मतदाता आफुलाई मनपरेको उम्मेदवार आफ्नो घर आँगनमा आउने खबर पाएपछि स्वागतको लागि फुलमाला उनेर बसिरहेका हुन्छन् ।
निकै व्यस्त सेडुल बनाएर हिँडिरहेका प्रतिनिधि सभा १ का उम्मेदवार माधव सापकोटा सुवोध मध्ये राति समेत मतदाता भेटघाटमै व्यस्त हुन्छन् । उनले २ दिनको छोटो समयमै लिसंखुपाखर गाउँपालिकाको घरदैलो भ्याए। उनलाई स्वागत गर्न स्थानीयले रातको ९/१० बजेसम्म घडा थापेर फुलमाला लिएर स्वागतको लागि कुर्ने बसेका थिए।
अरुबेला बेलैमा खाना खाएर सुत्ने मतदाताहरु गठबन्धनका आशलाग्दा र भरपर्दा नेता सापकोटालाई आफ्नो आँगनमा आउने आउने खबरले बर्साैंपछि आफ्ना आफन्त विदेशबाट आएझैं गरि स्वागत सत्कार गरेका छन्।
अरुबेला पनि स्थानीयको सुख दुःखका साथि सापकोटालाई आफ्नो मताधिकारको प्रयोग गरि ५ बर्षका लागि आफ्नो प्रतिनिधिको रुपमा चुन्न पाउने यो मौका हो भन्दै उत्साहित छन् ।
लिसंखुपाखरका मतदाताले गठबन्धनका उम्मेदवारको जित निश्चित भएकाले निर्वाचित भएपछि जनसेवामा गरिने कामको योजना बनाउनतिर लाग्न सन्देश दिएका छन् ।
आफूले चुनाव जिताउने बताएको मतदाताले मंसिर ४ पछि निर्वाचित हुने संसदहरुको परिक्षाको सुरु हुने बताएका छन् । निर्वाचित भएपछि बेलाबेलामा गाउँ फर्कन समेत मतदाताले गठबन्धनका उम्मेदवारलाई सम्झाएका छन् ।
मतदाताको अपार माया र स्नेह पाएर उत्साहित देखिएका उम्मेदवार सापकोटाबाट गाउँमा सबैभन्दा बढी घुमिरहने नेताको रुपमा आफुलाई स्थापित गर्ने वचन पाएपछि मतदाता झनै गठबन्धनका उम्मेदवार जिताउन उत्साहित देखिन्छन् ।
लिसंखु पाखरका मतदाताबाट यस्तै अर्गानिक माया पाएका गठबन्धनको तर्फबाट प्रतिनिधि सभा १ बाट उम्मेदवारी दिएका माओवादी नेता माधब सापकोटा र प्रतिनिधि सभा १ को (१) बाट उम्मेदवारी दिएकी कांग्रेस नेत्री मसिना खड्का उत्साहका साथ मतादाता भेटघाटलाई अन्तिम चरणमा पुर्याएका छन्।
छिटै घरदैलो अभियान सकेर निर्वाचनको सुक्ष्म तयारीमा लाग्ने योजना बनाएका माधब सापकोटाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस