कात्तिक २२, २०७९
चाैतारा । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।
मंगलबार विहान क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार माधव सापकोटा ‘सुवोध’, त्यहीँ प्रदेश सभा १ का साझा सम्मेदवार मसिना खड्का भण्डारी र क्षेत्र नं. १ को प्रदेश सभा २ का साझा उम्मेदवार सरल सहयात्री पौडेलले प्रतिवद्धता सार्वजनिक गरेका हुन्।
उनीहरुले चीनसँग जोडिएको तातोपानी नाकालाई नियमित सञ्चालन गर्ने र सीमाक्षेत्रको सडकलगायत पूर्वाधार विकासका लागि कुटनीतिक पहल गर्ने जनाएका छन्।
अर्कातिर अध्ययन सुरु भएको बाह्रबीसे बजारलाई ‘ट्रान्जिट सिटी’का रुपमा विकास गर्ने योजनालाई पनि उनीहरुले प्राथमिकतामा राखेका छन्।
हेर्नुस् पूर्णपाठ:
प्रतिक्रिया दिनुहोस