कात्तिक १९, २०७९
चाैतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा १ का उम्मेदवार युवराज दुलालले आगामी निर्वाचनमा जनताले अवसरवादी पात्रलाइ सबक सिकाउँदै विकासवादी उम्मेदवारलाई अनुमाेदित गर्ने बताएका छन् ।
माओवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका दुलालले विपक्षी दलका उम्मेदवार शेरबहादुर तामाङ र अमानसिं तामाङलाई चरम अवसरवादीकाे संज्ञा दिंदै तेस्ता उमेदवारलाई राम्राेसँग चिनेकाे बताए ।
लाेकतान्त्रिक वाम गठबन्धनका साझा उमेदवार दुलालले नेकपा एमालेका प्रतिनिधि सभा २ का उमेदवार शेरबहादुर तामाङले सुरुमा प्रतिगमनकाे विरुद्धमा सडकमा आफुसँगै आएकाे र मन्त्री पाएपछि प्रतिगमनकै खेताला बन्न गएकाे बताए ।
एमालेकाे तर्फबाट प्रदेशसभा १ का उमेदवार अमानसिं तामाङले टिकटकै लागि एमाले प्रबेस गरेकाे बताउँदै नेता दुलालले अवसरवादी चरित्र भएका मान्छेसंग आफ्नाे प्रतिस्पर्धा नहुने बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी सम्हाल्दा आफ्नाे निर्वाचन क्षेत्र मात्र नभएर जिल्लाभर आवस्यकता प्राथमिकिकरण गरेर विकास गरेकाे दुलाले दावी गरे ।
एमालेले उम्मेदवार बनाएका शेरबहादुर तामाङ र अमानसिं तामाङ दुवै अवसरवादी पात्र भएकाले मतादाताले तेस्ता मान्छेलाई दण्डित गर्दै विकासवादि नेताकाे छवि बनाएका लाेकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा २ मा माेहनबहादुर बस्नेत र प्रदेशसभा १ मा आफूलाई मत दिन अपिल गरे ।
मतादातासंग भेटघाट तथा घरदैलो अधियानमा एकसाथ हिडिरहेका गठबन्धनका उमेदवार द्वय माेहनबहादुर बस्नेत र युवराज दुलालले निर्वाचित भएपछि पाँच बर्षभित्र जनताले सहि ठाउँमा भाेट हालेछु भनेर गर्व गर्न सक्ने खालकाे काम गर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस