२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

नेताद्वय बस्नेत र दुलालले भने : हाम्रो हल मिल्यो, अब जनसेवामा जोत्नुस्

  • २०७९ कार्तिक १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • कात्तिक १५, २०७९

    चौतारा । सिन्धुपाल्चोक प्रतिनिधि सभा २ का लोकतान्त्रिक (वाम गठबन्धनका उम्मेदवार मोहन बस्नेत र प्रदेश सभा (१) का उम्मेदवार युवराज दुलालले बल्ल आफूहरुले हल मिल्ने नेता पाएको टिप्पणी गरेका छन्।

    गठबन्धनले नवलपुरमा आयोजना गरेको कोणसभा कार्यक्रममा नेताद्वयले एकले अर्काको प्रसंशा गर्दै भने, ‘गठबन्धन मात्र मिलेको होइन। जनताको काम गर्ने सवालमा हाम्रो गति पनि मिल्छ। यो ठाउँको विकासले फड्को मार्छ ।’

    प्रदेशसभाका उम्मेदवार दुलालले आफुहरु जनताको सेवक भएकाले आफुलाई जनसेवामा जोत्न मतादातालाई आग्रह गरे।

    विगतमा पनि आफू जनसेवामा समर्पित हुँदै आएको बताउँदै नेता दुलालले पुनः ५ बर्ष जनताको काममा जोतिन चाहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस