२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाह्रबिसेबाट बस्नेतले भने : निराश नहुनुस्, २ नम्बरबाट सानदार मतले जित्छु

  • २०७९ कार्तिक १४, सोमबार मा प्रकाशित २ साल अघि
  • १४ कार्तिक, २०७९
    चौतारा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार मोहन बहादुर बस्नेतले कुनै अफ्ठेरो नमानी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका छन् ।

    लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक क्षेत्र न। १ प्रदेश सभा १ स्तरिय अगुवा कार्यकर्ता भेलालाई आज बाह्रबिसेमा सम्बोधन गर्दै नेता बस्नेतले गठबन्धनको केन्द्रिय नीतिबाट आफू २ नम्बर क्षेत्रमा उम्मेदवार बनेको स्पष्ट गर्दै जिल्लाभर सबै उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई अपिल गरे । ्

    उनले भने, ‘म यहाँ आउँदा साथीहरुलाई निराश देखे, अब निराश हुनु पर्दैन, म २ नम्बरबाट सानदार मतले जित्छु, यहाँ माओवादीका उम्मेदवार जिताउनुहोस्।’

    पार्टीले आफ्नो क्षमता देखेरै २ नम्बरको उम्मेदवार बनाएको बताउदै इमानदार भएर साझा उम्मेदवार जिताउन आग्रह गरे । उनले गठबन्धनले एकतावद्द भएर सहयोग गर्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस