२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मोहन बस्नेतको नेतृत्वमा सिन्धुपाल्चोकको विकास गछौँ : सुवोध

  • २०७९ कार्तिक १४, सोमबार मा प्रकाशित २ साल अघि
  • १४ कार्तिक, २०७९

    चौतारा । सिन्धुपाल्चोक १ का गठबन्धनका साझा उम्मेदवार एवम् माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधले इमानदार भएर गठबन्धनका सबै साझा उम्मेदवार जिताउन अपिल गरेका छन्।

    लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक क्षेत्र न। १ प्रदेश सभा १ स्तरिय अगुवा कार्यकर्ता भेलालाई आज बाह्रबिसेमा सम्बोधन गर्दै उनले नेता मोहन बस्नेतको नेतृत्वमा विकास र समृद्धिका काम अघि बढाउने प्रतिवद्द्ता व्यक्त गरे ।

    क्षेत्र नम्बर १ मा माओवादीलाई आएको मत क्षेत्र नम्बर २ मा काङ्ग्रेसको चिन्हमा परिणत हुने चर्चा गर्दै गठबन्धनको राष्ट्रिय आवश्यकता बारे स्पष्ट गरे । जितपछि साझा प्रतिनिधिका रुपमा काम गर्ने उनको भनाइ थियो ।

    एकीकृत समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्यले बिना हिचकिचाहट क्षेत्र नम्बर १ मा माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा मोहन बहादुर बस्नेतलाई एवम् प्रदेश सभामा साझा उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरे । उनले मङ्सिर ४ सम्म पार्टीको नभएर गठबन्धनको कुरा गर्न आग्रह गरे ।

    सिन्धुपाल्चोक १ को प्रदेश ख का उम्मेदवार सरल सहयात्री पौडेलले नेता मोहन बहादुर बस्नेतको नेतृत्वमा सिन्धुपाल्चोकको विकास गरेर
    सिन्धुपाल्चोकलाई बदल्ने दृढता व्यक्त गरे ।

    प्रतिगमनकारी सोचलाई परास्त गर्न क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ साझा उम्मेदवार माधव सापकोटा सुबोधलाई गोलाकार भित्रको हसिया हतौडामा मतदान गर्न र प्रदेश सभा क मा मसिना खड्का भणडारीलाई मतदान गर्न उनको आग्रह थियो ।

    एकीकृत समाजवादी केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार भगवती नेपालले गठबन्धनका साझा उम्मेदवारलाई मत माग्दै गाउँ बस्ती जान र मतदान गर्न आग्रह गरिन।

    क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेदवार मसिना खड्का भण्डारीले पार्टी कुनै इगो नराखी साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्।

    माओवादीका समानुपातिक उम्मेदवार लालकान्छा तामाङले गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्ने प्रतिवद्द्ता व्यक्त गर्दै सोही अनुसार गर्न अपिल गरे ।
    काङ्ग्रेसका बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले गठबन्धन जनताले चाहेको राष्ट्रिय आवश्यकता रहेको चर्चा गरे ।

    बाह्रबिसे नगरपालिकाका प्रमुख एवम् काङ्ग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले अलमलमा नपरी साझा उम्मेदवारलाई मतदान गर्न नेता कार्यकर्तालाई अपिल गरे । एमाले लाखापाखा लागिसकेको र गठबन्धनको जित सुनिश्चित भएको उनको टिप्पणी थियो ।

    काङ्ग्रेसका नेता भरत बोहराले यो सम्विधान रहेसम्मा गठबन्धन रहने बताउदै दुविधामा नपरी माओवादीलाई मतदान गर्न नेता कार्यकर्तालाई विशेष अपिल गरे ।
    काङ्ग्रेस नेता डा प्रेमध्वज लामाले ब्यवस्था र सम्विधान जोगाउन गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

    माओवादी जिल्ला संयोजक गोबिन्द पराजुलीले सम्पूर्ण नेता कार्यकर्तालाई ईमानदार भएर साझा उम्मेदवारलाई भोट हाल्न अनुरोध गरे।

    काङ्ग्रेस नेता केदार क्षेत्रीले गठबन्धन दलका नेता कार्यकर्तालाई साझा उम्मेदवारलाई भोट हाल्न कुनै अफ्ठेरो नभएको बताए ।

    उनले गठबन्धनलाई हालेको भिटको श्रेय मोहन बस्नेतलाई जाने भनाइ राखे ।
    काङ्ग्रेस जिल्ला सभापति जङ्ग बहादुर लामाले चुनाव नजिक आइसकेकोले गाउँ फर्केर साझा उम्मेदवार जिताउने काममा लाग्न अपिल गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस