२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मंसिर ४ गते प्रतिगामी शक्तिहरूको अन्तिम दिन हुन्छ : पूर्वमन्त्री दुलाल

  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित २ साल अघि
  • कात्तिक १३, २०७९

    काठमाडौं । सिन्धुपाल्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश १ का उम्मेदवार युवराज दुलालले आगामी निर्वाचनबाट प्रतिगामी तत्वलाई सदाको लागि बिदा गर्न लोकतान्त्रिक वाम गठबन्धनकले जित्नुको विकल्प नरहेको बताएका छन् ।

    आइतबार काठमाडौको प्रज्ञा भवनमा लोकतान्त्रिक-वाम गठबन्धन सिन्धु-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दुलालले आगामी मंसिर ४ प्रतिगामी तत्वहरुको अन्तिम दिन हुने बताए ।

    माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दुलालले यतिबेला देश र संविधानको रक्षार्थ खडा भएको गठबन्धनले मात्र जनभावनाको कदर गर्न सक्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस