कात्तिक ५, २०८९
चौतारा । वाम लोकतान्त्रिक गठबन्धनले सिन्धुपाल्चोकमा संयुक्त चुनावी कार्यक्रम गर्ने भएका छन् ।
चौतारास्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रबार जिल्लाका उम्मेदवारसहित बसेको बैठकले गठबन्धन आवद्ध दलहरुका जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका संयुक्त बैठक गरेर संयुक्त कार्यक्रम तय गर्ने निर्णय भएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं क्षेत्र नं २ का साझा उम्मेदवार मोहन बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं क्षेत्र नं १ का उम्मेदवार माधव सापकोटा सुबोध, समाजवादीका केन्द्रिय सदस्य सुवास कर्माचार्यलगायत गठबन्धन दल आबद्ध नेताहरुको उपस्थितिमा बसेको बैठकले सबै साझा उम्मेदवारहरुलाई जिताउने गरी गठबन्धनलाई अझ मजबुत बनाउने निर्णय गरेको हो ।
गठबन्धनको तर्फबाट चौतारामा चाडपर्वका अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम पछि बसेको बैठकले गाउँ बस्ती तहसम्म संयुक्त बैठक बसेर अघि बढ्ने निर्णय भएको माओवादी केन्द्रका कार्यालय सचिव रामशरण विकले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस