२०८२ बैशाख ४, बिहिबार | Thu, 17, Apr, 2025

सभामुख सापकोटाले गरे चुनाव नलड्ने घोषणा

  • २०७९ आश्विन २२, शनिबार मा प्रकाशित २ साल अघि

  • असोज २२, २०७९

    चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गरेका छन्।

    सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते हुन लागेको चुनाव नलड्ने घोषणा गरेका हुन्।

    उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट विजयी भएका थिए।

    उनले युवाहरुलाई अघि बढाएर नेतृत्व विकास गर्न आफूले चुनावमा नउठ्ने घोषणा गरेको बताएका छन्।

    सभामुखले हात उठाएपछि अब सिन्धुपाल्चोक १ बाट माओवादी नेता माधव सापकोटा उम्मेदवार बन्ने निश्चित भएको छ।

    उम्मेदवार नबन्ने भएपछि अब अर्का साभमुख नआएसम्म उनको पद कायमै रहनेछ।

    तर उनले यो अदालतको विषय भएकोले अहिले टिप्पणी नगर्ने बताएका छन्। ‘म जिन्दगीको अन्तिम घडीसम्म सक्रिय रहन्छुु, उनले भनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस