२०८२ बैशाख ३, बुधबार | Wed, 16, Apr, 2025

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय

  • २०७९ आश्विन ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • असोज ११, २०७९

    काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको आचारसंहिता भोलिबाट लागू हुने भएकाे छ।

    बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए।

    उनले भने, ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ।’

    उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस