असोज ६, २०७९
चाैतारा । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बाेल्दै राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावनाअनुसार नै अघि बढेको बताएका हुन् ।
उनले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क गरे । यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारुढ गठबन्धनले गम्भीर रूपमा नलिएको उनको भनाइ छ । तामाङले राष्ट्रपतिलाई अपमानित गर्ने कामप्रति घोर आपत्ती रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस