भदौ ३१, २०७९
चाैतारा । तामाङ राष्ट्रिय मुक्ति माेर्चा सिन्धुपाल्चोककाे चाैंथाे जिल्ला भेलाबाट रेशम स्याङ्बाे अध्यक्ष चयन भएका छन् । शुक्रबार चाैतारामा भएकाे भेलाले स्याङ्बाेकाे नेतृत्वमा ५१ सदस्य कार्यसमिति चयन गरेकाे हाे ।
नेकपा (माओवादी केन्द्र) काे जातिय माेर्चाकाे रुपमा रहेकाे उक्त संगठनकाे उपाध्यक्षमा बीरमान तामाङ, तिर्थ वाइबा, परिमाया तामाङ चयन भएका छन्। भने सचिवमा कालिप्रसाद लामा सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका छन् ।
माओवादी केन्द्रका पाेलिटब्यूराे सदस्य तथा चाैतारा साँगाचाेकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकाेटाकाे प्रमुख आथित्यतामा भएकाे भलामा सिन्धुपाल्चोक जिल्लाकाे विभिन्न ठाउँमा बसाेबास गर्ने तामाङ समुदायकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा माओवादी केन्द्रका पाेलिटब्यूराे सदस्य माधव सापकाेटा, केन्द्रीय सदस्य लालकान्छा तामाङ अमृता नेपाल , वागमती प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा, जिल्ला पार्टी संयाेजक गाेविन्द पराजुली लगायतले आफ्नाे भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस