भदौ २७, २०७९
चौतारा । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक १ मा माओवादी केन्द्र तेस्रो शक्ति भएकाले टिकट दिन नसक्ने बताएका छन्।
नेतृत्वले पार्टी संगठनको आकार, हैसियत नहेरी टिकट वितरण गरेर आफूहरुले व्रिदोह गर्ने चेनावनी दिएका हुन्।
सिन्धुपाल्चोक(१ मा कांग्रेसको पहिलो पोजिसन छ। तेस्रो पोजिसनको माओवादी केन्द्रले दाबी गरिरहेको छ। ५४ वडामा हामीले ३२ वटा जित्दा उसले जम्मा ५ वडामा जितेको छ उनले भने, ‘अहिले मात्र होइन, २०७४ मा पनि थर्ड पोजिसन नै थियो।’
उनले एक लिटरको जगमा ५ लिटर पानी हालेर नअडिने टिप्पणी गरे। केपी ओलीलाई साइजमा हार्नेगरी गठबन्धन गर्न नहुने बताए।
यस्तै, उनले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमा फेरि प्रधानमन्त्री बन्ने दाबी समेत गरे। सिन्धुपाल्चोक १ मा अहिले गठबन्धनबाट टिकटका लागि सभामुख अग्निप्रसाद सापकोटा र नेता वस्नेतबीच प्रतिस्पर्धा चलिरहेको छ।
उनले भने, ‘देउवा धेरैपटक प्रधानमन्त्री हुनुभयो । उहाँमा मात्र सबैलाई मिलाएर लान सक्ने व्यक्तित्व देखिएको छ । त्यसैले संसद्मा कांग्रेस कमजोर भएका बेला समेत सरकारको नेतृत्व गर्नुभयो । उहाँले गठबन्धनलाई चुनावसम्म लैजान लागिरहनुभएको छ । भोलि पनि ठूलो पार्टीको नेतृत्वमै सरकार बन्छ।’
प्रतिक्रिया दिनुहोस