भदौ १७, २०७९
चौतारा । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका १३ वटै जिल्लाका चुनावी कमाण्डर तोकेको छ।
१२ भदौमा प्रदेश कार्यालय बबरमहलमा बसेको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश र संघीय चुनावका लागि कमाण्डर तोकेको हो।
बैठकले बैठकले सिन्धुपाल्चोकमा पोलिटब्यूरो सदस्य माधव सापकोटा सुवोध र युवराज दुलाल शरदलाई चुनावी कमाण्डर तोकेको छ।
को कहाँ ?
–संघीय निर्वाचन क्षेत्र १ माधव सापकोटा
–संघीय निर्वाचन क्षेत्र १ (ख)अमृता नेपाल
–संघीय निर्वाचन क्षेत्र २ युवराज दुलाल
–संघीय निर्वाचन क्षेत्र २ (ख) चन्द्र बहादुर थापा
प्रतिक्रिया दिनुहोस