२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्ची नगरपालिकाले माग्यो सडक स्तरोन्नति गर्न सहयोग

  • २०७९ भाद्र ६, सोमबार मा प्रकाशित २ साल अघि
  • भदौ ६, २०७९

    चौतारा । मेलम्ची नगरपालिकाले नगरभित्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सहयोगको माग गरेको छ।

    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले सहयोग माग गरेका हुन्।

    मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको हो ।

    नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस