भदौ ५, २०७९
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङले नेकपा माओवादी केन्द्र छाडेका छन्। माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन्।
पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गर्न लागेको उनले बताए। माओवादी व्यक्तिवाद र स्वार्थ केन्दित भएको उनले आरोप छ। एमाले शीर्ष नेतृत्वसँग प्रवेश कार्यक्रमबारे छलफल भइरहेको बताए।
सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममार्फत तामाङलाई पार्टी प्रवेश गराउन लागिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस