साउन २२, २०७९
चौतारा । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मेलम्चीमा पहिरोको कारण ३० घर जोखिममा रहेको भन्दै त्यसको व्यवस्थापन गर्न माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको बोल्दै उनले मेलम्ची बाढीपीडितको व्यवस्थापन गर्न माग गरेका हुन्।
‘शनिवार परेको अविरल वर्षाको कारण मेलम्चीमा पहिरोको कारण ३० भन्दा बढी घरहरु जोखिममा परेको छ । मेलम्ची नदिमा आइरहेको बाढीको कारण हेलम्बु गाउँपालिकाको ६ स्थानमा बाटो कटान भएर सम्पर्क टुटेको छ । सरकारको त्यतातिर ध्यान जान सकोस्’ उनले भने।
यस्तै, संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक धेरै अगाडि दर्ता भएर पनि विधेयक छलफल नभएको भन्दै तत्काल
छलफलमा ल्याउन आग्रह समेत गरे। उनले छलफल नभए म पनि सांसद नै हुँ भनेर परिचय दिन नपरोस् भन्दै चेतावनी दिए।
‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा धेरै अगाडि दर्ता गरेको छु । यो विधेयक छलफलमा ल्याउन आग्रह
छ । म पनि सांसद नै हुँ भनेर परिचय दिन नपरोस्’ उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस