साउन १२, २०७९
चौतारा । राष्ट्रियसभा सदस्य सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातका कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताएका छन्।
उनले बिहीबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताएका हुन्।
‘केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरूमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएको कारण यातायात आवतजावत गर्न एकदम कठिनाई परिराखेको छ। राजश्व संकलनमा समेत प्रभाव परेको छ’ उनले भने, ‘दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुन गइरराखेको छ। उक्त सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस्।’
उनले सो सडक खण्डलाई सहज रुपमा सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस