साउन ९, २०७९
चाैतारा । लोक गायिका दिलमाया सुनार हत्याको आरोपमा पक्राउ परेका युवा जेल चलान भएका छन् । सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया सुनार ११ असारमा बालाजुस्थित आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।
उनको हत्याको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई आइतबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि जेल चलान गरेका हो ।
प्रहरीको अनुसन्धानले घटनामा संलग्न रहेको आभियोगमा श्रेष्ठलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस