२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी

  • २०७९ अषाढ १८, शनिबार मा प्रकाशित २ साल अघि
  • असार १८, २०७९

    चाैतारा । बाढी पूर्वानुमा महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ।  गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ। 

    मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ। 

    यस्तै, धापमा ४३.४ र गुम्थाङमा ४२.२ मिलिमिटर वर्षा मापद भएको महाशाखाले जानकारी दिएको छ। 

    महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस