२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेसको नेतृत्व इमान्दार रहेसम्म गठबन्धनको विकल्प खोजिन्न : बर्षमान पुन

  • २०७९ अषाढ ११, शनिबार मा प्रकाशित २ साल अघि
  • असार ११, २०७९

    चौतारा । पूर्वअर्थ मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता बर्षमान पुन ‘अनन्त’ ले नेपाली कांग्रेसको मुल नेतृत्व इमान्दार रहेसम्म गठबन्धनले निरन्तरता पाउने बताएका छन् ।

    माओवादी केन्द्र सिन्धुपाल्चोकले शनिवार चौतारामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मन कार्यक्रममा बोल्दै नेता पुनले कांग्रेसका केही नेता गठबन्धनप्रति इमान्दार नभएता पनि मुल नेतृत्व इमान्दार भएकाले आगामी संघ तथा प्रदेशको निर्वाचनमा कांग्रेससंग गठबन्धन हुनसक्ने तर्फ संकेत गरे ।

    साथै सम्मानपुर्वक व्यवहार नगरे कांग्रेससंग मिल्नैपर्छ भन्ने जरुरी नभएको उनको भनाइ छ।

    गत स्थानीय तह निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरु आफ्नो पार्टी बलियो भएको ठाउँमा एक्लै चुनाव लड्ने र आफु कमजोर भएको ठाउँमा मात्र गठबन्धन गर्न तयार भएको बताए ।

    माओवादीका प्रभावशाली नेताको छवि बनाएका पुनले काङ्ग्रेसभित्र एकग्रुपता नहुँदा गठबन्धनको अपेक्षित नतिजा आउन नसकेको जिकिर गरे ।

    कार्यक्रमका सभापति एवम् माओवादी केन्द्र सिन्धुपाल्चोकका इन्चार्ज माधव सापकोटाले सिन्धुपाल्चोकमा काङ्ग्रेसले एमालेसंग अघोषित गठबन्धन गरेर माओवादी हराउन लागेको बताए ।

    ‘चौतारा साँगाचोकगढी नगरपालिकामा काङ्ग्रेस र एमाले मिल्दा पनि माओवादी हराउन नसक्ने भएपछि उनीहरु सिंगल चुनाव लडेका हुन्‘ नेता सापकोटाले भने।

    माओवादी केन्द्रका बागमती प्रदेश समिति अध्यक्ष सरल सहयात्री पौडेलले अर्को चुनावको तयारीमा लाग्न पार्टी संगठनलाइ निर्देश गरे ।

    सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये माओवादी केन्द्रले एक नगरपालिका सहित ४ स्थानियतह र ११ ओटा वडा जितेको थियो।

    एकीकृत समाजवादीको चुनाव चिन्ह कलमबाट वडाध्यक्षको चुनाव जितेका चौतारा (१ का युवलाल श्रेष्ठ लगाएत उक्त वडाबाट चुनाव जितेका समाजवादीका सदस्यहरुले समेत सम्मान ग्रहण गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस