असार ११, २०७९
सिन्धुपाल्चोक : जबरजस्ती करणी र ज्यान मार्नी अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका कैदीको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ बर्षिय मइते गोलेको मृत्यु भएको हो।
शनिबार बिहान रिंगटा लागेर ढलेका गाेलेलाई उपचारको लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद यादवले जानकारी दिए।
गत कात्तिक महिनामा प्रहरीले गोलेलाइ पक्राउ गरि थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि पोस्टमार्टम गरिने अस्पताल स्रोतले जनाएको छ। मुटुकाे चाल बन्द भएकाे अबस्था अस्पताल पुर्याइएका गाेलेलाइ सिआरपि बिधिबाट मुटुकाे धड्कन फिर्ता ल्याउन गरिएकाे प्रयत्न असफल भएकाे चाैतारा अस्पतालका डक्टर अबल बरालले जानकारी दिए । गाेलेकाे अस्पताल पुग्नु पहिलेनै मृत्युु भैरकेकाे डाक्टर बरालले बताए ।
प्रतिक्रिया दिनुहोस