२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बाढीले मेलम्चीस्थित फट्टेकाे पुलमा क्षति

  • २०७९ अषाढ ११, शनिबार मा प्रकाशित २ साल अघि
  • असार ११, २०७९
    चाैतारा । गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

    बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। 

    गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। 

    स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताउनुभयो। यसबाट  ६ वडाका बासिन्दा प्रभावित भएका छन् ।
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस