२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

चाैताराकी क्रिन्जीला बनिन् जुनियर मिस नेपाल २०२२

  • २०७९ अषाढ ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • असार ९, २०७८

    चाैतारा । यस वर्षकाे जुनियर मिस नेपाल २०२२ को ताज सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन् ।

    फाईनल प्रवेश गरेका २० प्रतिस्पर्धीलाई उछिन्दै १२ वर्षिय क्रिन्जीला जुनियर मिस नेपाल बनेकी हुन् । जुनियर मिस नेपालको ताजसँगै उनले ३ वटा टाइटल अवार्ड पनि जितेकी छन् ।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले हालै सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबूक च्वाइस विनर र पब्लिक च्वाइस विनरसमेत जितेकी हुन् ।

    चौतारा भिन्तुनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षीया सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

    जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यसपटक सुरबी प्रजापतिले पाइन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस