असार ९, २०७९
चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले सिन्धुपाल्चोकमा माओवादी केन्द्रसँग तालमेल गर्न नसक्ने प्रष्ट पारेका छन्।
एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा नेता बस्नेतले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनमा पनि सिन्धुपाल्चोकको १२ वटा पालिमामध्ये २ वटामा गठबन्धन भएको हो। जिससममा पनि १ सिट नपुगेर हामीले समाजवादीसँग गठबन्धन गरेका हौँ।’
उनले सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन जित्न नसक्ने दाबी गरे। माओवादीलाई कमजोर बनाउन नसकेन आफू सफल हुन नसक्ने उनको भनाइ छ।
उनले भने, ‘सिन्धुपाल्चोकमा तालमेल हुँदैन। मेरो निर्वाचन क्षेत्रमा अहिले अग्निप्रसाद सापकोटाले जित्नुभएको छ। पहिला मैले जितेको हुँ। अब त्यो ठाउँमा ५४ वडामा ३२ कांग्रेसले जितेको छ ५ वटा मात्रै माओवादीले जितेको छ। अनि कसरी छाड्न सकिन्छ। ७ वटा पालिकामध्ये ६ वटामा हाम्रो बहुमत छ।’
सिन्धुपाल्चोकमा माओवादी र एमालेबीच पनि तालमेलको सम्भावना नभएको बताए। त्यसको उदाहरण जिससको निर्वाचनमा देखिएको बताए।
प्रतिक्रिया दिनुहोस