२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सफा पानी खुवाउने अभियानमा सेबक नेपाल

  • २०७९ अषाढ ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • असार ९, २०७९

    चौतारा । सेबक नेपाल सिन्धुपाल्चोक जिल्लाको लागि नयाँ नाम हैन । अझ जिल्लाका ग्रामीणमा बस्ती सेबक नेपालको नाम धेरैको मुखमा कण्ठस्त हुन्छ ।

    उक्त संस्थाले सन् २०१२ देखिनै सिन्धुपाल्चोकका विभिन्न बस्तीहरुमा जिविकोपार्जन र स्वास्थ्यसँग जोडिएका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

    नागरिक स्वस्थ हुनको लागि उसले पिउने पानी र खाने भोजन स्वस्थ हुनुपर्दछ । यतिबेला नागरिकलाइ सफा पानी खुवाउने अभियानमा सेबक नेपाल लागिरहेको छ ।

    खानेपानीको अति समस्या भएको र श्रोत ब्यबस्थापन हुन नसकेको जस्ता ठाउँमा ध्यान दिँदै आएको उक्त संस्थाको नजर यतिबेला मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकातिर पुगेको छ ।

    स्रोत र बजेट खेरगैरदा अझै पनि सिन्धुपाल्चोकको विभिन्न स्थानमा खानेपानीको ठुलो समस्या छ । बजेट पठाउने तीन तहका सरकार छन् ।

    तर खानेपानीको श्रोत पहिचान गरि बजेटको उचित व्यवस्थापन गर्ने तरिका नमिल्दा जिल्लाले खानेपानिको समस्या झेल्दै आएका छन्।

    सहि ढंगले उपभोक्ता समितिलाइ परिचालन गरि बजेट र पानीको श्रोतलाइ ब्यबस्थापन गर्नसके खानेपानीको समस्यालाइ हल गर्दै लान सकिन्छ भन्ने उदाहरण दिएको छ सेबक नेपालले ।

    सेबक नेपालले मेलम्ची नगरपालिकासंगको सहकार्यमा धौले पैयुखर्क खानेपानी आयोजना निर्माण गरि २६ घरधुरिलाइ एक घर एक धाराको प्रबन्ध मिलाएको छ ।

    कुल २७ लाखको लगानीमा , १२ लाख ३० हजार मेलम्ची नगरपालिका, १० लाख सेबक नेपाल र बाँकी श्रमदानबाट खानेपानी आयोजना सम्पन्न गरि घरघरमा सफा पानी पुर्याइएको बताउँछन् सेवक नेपालका कार्यक्रम संयोजक कुमार भट्टराई ।

    पानी लिन धाएर जानुपर्ने तैपनि बालुवा र लेदो मिसिएको पानी बोकेर घर फर्कनुपर्नि बाध्यताले हैरानि भएकि धौलेकी ७५ बर्षिय बिष्णुमाया मगर आफ्नै आँगनमा संस्थाले सफा पानी युक्त धारा बनाइदिएपछि निकै खुसी छिन् ।

    घरमा एक्लै बस्दै आएकी बिष्णुमाया अबभने पानीको समस्याबाट मुक्त भएको बताउँछिन् ।

    यस्तै इन्टेक विनानै मुलबाट सिधै ट्याङ्कीमा पानी लाँदा विभिन्न समस्या झेल्दै आएका मेलम्ची नगरपालिका (११ टारवासिको समस्या पनि अब दूर भएको छ ।

    सेबक नेपालले ४ लाख ४२ हजार खर्चिएर २ ओटा इन्टेक निर्माण र २ ओटा इन्टेक मर्मत गरिदिएपछि टारवासीले सफा पानी पाएका छन् ।

    इन्टेक नहुँदा बर्षामा पाइपबाट लेदो, बालुवा आउने र पानी बन्दहुन जानेहुँदा पाइपनै काट्नुपर्ने समस्या झेल्दै आएकोमा हाल संस्थाको सहयोगमा ती सबै समस्याको निराकरण हुनुकोसाथै सफा पानी पिउन पाएको बताउँछिन् जागेश्वरी टार खानेपानी उपभोक्ता समितिको कोषाध्यक्ष सानिमौया पण्डित ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस