२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठग्ने बाह्रबिसेका कुमार पक्राउ

  • २०७९ अषाढ ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • असार ७, २०७८

    चाैतारा । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो ।

    “श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,”– उनले भने।

    पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस