असार ५, २०७९
चाैतारा । पूर्व सुचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले नेपाली कांग्रेस विकासकाे पर्याय भएकाे जिकिर गरेका छन्।
हेलम्बु गाउँपालिका-३ स्थित जयवागेश्वारी माविकाे ४ काेठे पक्की भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै नेता बस्नेतले जनताकाे दु:खकाे सारथि कांग्रेस भएकाे दाबी गरेका हुन्।
जिल्ला आयाेजना कार्यान्वयन इकाई (शिक्षा) काे ६९ लाख ७० हजार रुपैयाँ आर्थिक सहयाेगमा निर्मित भवन केही महिना अगाडि निर्माण सम्पन्न भएकाे थियाे । निर्माण कार्य उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण गिरीकाे अध्यक्षतामा बनेकाे समितिले गरेकाे हाे ।
जयवागेश्वरी माविमा हाल २ सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयलाई एकपछि अर्काे सहयाेग
विद्यालयले नयाँ भवन पाएसँगै विद्यार्थी र विद्यालयलाई अन्य सहयाेग जुट्न थालेकाे छ ।
कांग्रेसका युवा नेता समीर तामाङले जयवागेश्वरी विद्यालयका २ सय २५ विद्यार्थीलाई ट्याकसुट सेट उपलब्ध गराए।
यस्तै, कांग्रेस मेलम्ची नगरपालिका उपसभापति रामशरण गिरीले विद्यालयमा सरस्वतीकाे मन्दिर स्थापनाकाे लागि आवश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस