असार ३, २०७९
चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी प्रभावित लाभग्राहीको खातामा रकम पठाउन सुरु भएको जनाएको छ । गत असार १ गतेको मेलम्ची बाढीले २६ जनाको निधन भयो भने धेरै भौतिक सम्पत्ती क्षति गर्यो ।
बाढीका कारण हेलम्बु गाउँपालिकामा २१८ घर, मेलम्ची नगरपालिकामा २५६ घर र पाँचपोखरी थाङपाल गाउँपालिकामा ६५ गरी ५३९ घर पुर्ण क्षती भएको थियो ।
निजी आवास अनुदान तर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा रकम पठाईएको प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले जानकारी दिए ।
स्थानीय तहवाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको र प्रगतिका आधारमा थप रकम पठाईने खनालले जानकारी दिए। पुर्ण घर क्षती भएकालाई पाँच लाख तीन किस्तामा उपलब्ध गराइने बताइएको छ । पुनःस्थापना र राहतमा केही कामहरु अगाडि बढेतापनि धेरै काम गर्न बाँकी रहेको खनालले बताए ।
यस अभियानमा स्थानीय तहवाट १० देखि १५ प्रतिशत र प्रदेश सरकारवाट ३० प्रतिशत रकम प्राप्त भईरहेको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि कार्य भै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
केही संरचनागत र प्रकृयागत ढिलाईका कारण ढिला भएको र अब पुनःनिर्माण र पुनःस्थापनाका कामहरुले तीव्रता लिने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस