जेठ २९, २०७९
चाैतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन्।
श्रेष्ठ बाह्विसे ४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे।
नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो। तर गठबन्धनबाट खस्नुपर्ने ११ मत मध्ये विकले १० मत प्राप्त गरे। १ मत खाली रहेको थियो।
उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल १३ मत प्राप्त गरी विजयी भए। नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गरे।
उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३/१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस