२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

तातोपानी नाका खोल्न सरकारले पहल गरेन : मोहन बस्नेत

  • २०७९ जेष्ठ २८, शनिबार मा प्रकाशित २ साल अघि
  • जेठ २८, २०७९

    चौतारा । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको दाबी गरे।

    शनिवार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२ औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकारले नै चीन सरकारसँग कूटनीतिक पहल गर्न नसक्दा चिनियाँ नाकामा व्यवसायीलाई सामान आयातमा समस्या रहेको बताए।

    नेता बस्नेतले भने, ‘२०७२ सालको भूकम्पपछि चीन सरकारलाई जुन तरिकाले नेपाल सरकारले कूटनीतिक तरिकाबाट पहल गरेर चीनका नाकालाई व्यवस्थित गर्नुपर्ने हो। यो विषमा कुनै पनि सरकार पूर्णरूपमा सफल भएको छैन। त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन। छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर सामान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौँ।’

    नेता बस्नेतले नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीको रहेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस