२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेलम्ची आयोजना प्रभावित पालिका प्रमुखहरूसँग मन्त्रालयको छलफल

  • २०७९ जेष्ठ २१, शनिबार मा प्रकाशित २ साल अघि
  • जेठ २१, २०७९

    चौतारा । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानीबाट प्रभावित स्थानीय तहका प्रमुखहरूबीच छलफल भएको छ।

    मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, इन्द्रावती गाउँपालिकाका प्रमुख झम्क नेपाल र मन्डनदेउपुर नगरपालिकाका प्रमुखहरुबीच छलफल भएको हो।

    छलफलमा खानेपानी विकास समिती विघटन भइसकेपछि अबको कार्यायोजनाका विषयमा छलफल भएको थियो। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानिय सरकारको स्वामित्वमा रहनेगरी संस्था मार्फतनै संचालन गर्दा कुनै समस्या नरहेको बताए।

    विधि सम्मत दर्ता भएको संस्था भएको र हिजो स्थानीय सरकार गठन नभएको बेलामा स्थापना गरिएका संस्था भएकाले नगरको प्रत्यक्ष निगरानीमा संस्थाद्वारा संचालन गर्दा समस्या नहुने बताए।

    छलफलमा आफ्नो भनाइ राख्दै इन्द्रावति गाँउ पालिमा अध्यक्ष झम्क नेपालले स्थानिय सरकार हुनुभन्दा अगाडि अहिले स्थानिय तहमा नेतृत्व गरेकै ब्यक्तिहरुको पहलमा बनाइएको संस्था भएकाले सम्बन्धित पालिकाबाट कार्यक्रम स्वीकृत गराई सामाजिक उत्थान कार्यक्रम मार्फत काम गर्नुपर्ने भनाई राखे।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार गठन र मेलम्ची बोर्ड खारेज भए पछि स्वःत पालिका मार्फत कार्यान्वयन हुनुपर्ने भनाइ राखे। सरकारको पैसा स्थानीय सरकार मार्फत नै कार्यान्वय हुनुपर्नेमा जोड दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस