जेठ १६, २०७९
चाैतारा । मेलम्ची नगर उद्योग वाणिज्य सघंले स्थानीय तहमा निर्वाचित मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा नम्बर ११ का जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
साेमबार एक कार्यक्रमका गर्दै सघंका तर्फबाट कानुनी सल्लाहकार विष्णुप्रसाद धितालले नगर प्रमुख आइतमान तामाङलाई अब समृद्ध नगर मेलम्ची बनाउनका लागि मेलम्ची उद्योग वाणिज्य सघंसँग समन्वय गर्दै काम गर्न आग्रह गरे।
उनले बजार व्यवस्थापन, सार्वजनिक शौचालय, पार्किङ, खानेपानी, फोहोरमैला व्यवस्थापन लगायतका काम गर्नुपर्नेमा नगरको ध्यानाकर्षण गराए।
नगर प्रमुख तामाङले उद्योग वाणिज्य सघंसँग सहकार्य गर्दै आगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाए। उनले बाह्रै महिना चल्ने सडक निर्माण, बर्खाको समयमा ह्युम पाइप निकालेपछि वैलल्पिक सडक व्यवस्थापन, मुख्य सडक सञ्चालनको लागि तयारी तथा व्यापारीको हकहितका काम गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस