२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

यी हुन् सिन्धुपाल्चोकमा सयभन्दा कम मतान्तरले विजेयी हुनेहरू

  • २०७९ जेष्ठ ११, बुधबार मा प्रकाशित २ साल अघि
  • जेठ ११, २०७९

    चाैतारा । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनकाे अन्तिम मतपरिणम समेत आइसकेको छ । अन्तिम पतपरिणामपछि निर्वाचित भएका उम्मेदवारहरुले समथ ग्रहण पश्चात पदवहाली समेत गरिसकेका छन् । यस निर्वाचनमा केही स्थानमा झिनो मतान्तरले हारजित भएको छ।

    सिन्धुपाल्चोकको १२ पालिकामध्ये सबैभन्दा कम मतान्तरले मेलम्ची नगरपालिकाका मेयर पदमा नेपाली कांग्रेसका आइतमान तामाङले ९३ मतले नेकपा एमालेका बालकृष्ण देउजालाई पछिपार्दै जित निकालेका छन्।

    उनका निकटतम प्रतिद्धन्दी देउजाले ११ हजार १ सय ६५ मत ल्याउँदा तामाङ ११ हजार २ सय ५८ मतका साथ विजयी भए। कांग्रेस-राप्रपा गठबन्धनका मेयर बनेका तामाङ सो पदमा विजयी भएपनि राप्रपाबाट उपमेयर भएकी कुमारी तामाङ भने पराजित बन्न पुगिन् ।

    हेलम्बु गाउँपालिका ६ मा नेपाली कांग्रेसका सुकुराम तामाङलाई एमालेका उम्मेदवार सञ्चबहादुर तामाङले ४९ मतले पराजित गरे । सुकुरामले ७५८ मत ल्याँउदा सञ्चबहादुरले ८०७ मत ल्याएर वडाध्यक्ष पदमा विजयी भए ।

    इन्द्रावती गाउँपालिका २ मा नेपाली कांग्रेसका उम्मेद्वार श्यामबहादुर गिरीले नेकपा एमालेका उम्मेदवार रामशरण गिरीलाई ४२ मतान्तरले पछाडी पारे । श्यामबहादुरले ५६४ मत ल्याँउदा रामशरणको ५२२ मत आयो ।

    सुनकोशी गाउँपालिका ६ मा एमालेका चक्रबहादुर बस्नेतले कांग्रेसका रामकुमार थापालाई ४४ मतान्तरले पछि पारे । बस्नेतले १३ सय ९६ मत ल्याउँदा थापाले १३ सय ५३ मतमा चित्त बुझाउनुपर्‍यो । लिसंखुपाखर गाउँपालिका १ मा माओवादीका पाशाङलाल तामाङले एमालेका प्रवल लामालाई ३६ मतले हराए । तामाङले ४८७ मत ल्याउँदा लामाको ४५१ मत मात्रै आयो ।

    बलेफी गाउँपालिका वडा नं. २ मा भने गोलाप्रथाबाट निर्णय लिइएको छ । नेपाली कांग्रेसका छविलाल न्यौपाने र नेकपा माओवादी केन्द्रका पुरुषोत्तम सापकोटाको समान ४९५ मत आएपछि गोलाप्रथाबाट न्यौपाने विजयी भए ।

    बलेफी ६ मा एमालेका तेजप्रसाद पराजुलीले माओवादीका चित्रबहादुर तामाङलाई १ मतले पछि पार्दै वडाध्यक्ष पदमा निर्वाचित भए । पराजुलीको ५८८ मत आँउदा तामाङको ५८७ मत ल्याए। बलेफीकै वडा नं. ७ मा कांग्रेसका गृविन्द्रकुमार चौलागाईंले एमालेका कार्केल लामालाई ४७ मतले पछि पारे । चौलागाईंको ६१८ मत आँउदा लामाको ५७१ मत आयो ।

    भोटेकोशी गाउँपालिका ३ मा पनि झिनो मतान्तरले स्वतन्त्र उम्मेद्वारले जित निकालेका छन् । स्वतन्त्र उम्मेद्वार निमा सोना शेर्पाले २८६ मत ल्याँउदा कांग्रेसका काजी शेर्पाले २८३ मत प्राप्त गरी ३ मतले पराजित भए ।

    भोटेकोशी कै वडा नंं ४ मा एमाले उम्मेदवार टासी शेर्पाले कांग्रेसका आङछिरीङ शेर्पालाई ३६ मतान्तर पारे । एमाले उम्मेदवारले ७७७ मत ल्याँउदा कांग्रेस उम्मेदवारको ७४१ मत ल्याए ।

    जुगल गाउँपालिका १ मा पनि ७ मतान्तरले नेपाली कांग्रेसका जनक लामा विजयी भए । जनकले ५८४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका कमल थापाले ५७७ मत आयो । जुगलकै वडा नं. २ मा एमालेका चन्द्रकाजी लामाले पनि माओवादीका प्रताप लामालाई ९ मतान्तरले पछाडी पारेका हुन् ।

    चन्द्रकाजीले ६१२ मत पाँउदा प्रतापको ६०३ मत आयो । जुगलकै वडा नं ५ मा एमालेका रविन्द्र घिमिरेले माओवादीका मिनबहादुर श्रेष्ठलाई १५ मतान्तरले पछाडी पारे । घिमिरेको ६६३ मत आयो भने श्रेष्ठको ६४८ मत आयो ।

    पाँचपाखरी थाङपाल गाउँपालिका ५ मा पनि एमालेका काले गोलेले कांग्रेसका रवि थिङलाई १४ मतले पछाडी पारे । गोलेको ४७१ मत आँउदा थिङले ४५७ मत पाए । पाँचपोखरी कै वडा नं. ८ मा एमालेका विष्णुबहादुर खड्काले माओवादीका फुर्पा लामालाई १५ मतले पिर पारे । खड्काको ५२३ मत आँउदा लामा ५०८ मत ल्याएर पछि परेका हुन् ।

    मेलम्ची नगरपालिका ३ मा एमालेका कुमार बञ्जराले कांग्रसका राजेश लामालाई ४४ मतान्तरले विजयी भए । बञ्जराको ५०७ आँउदा लामाले ४६३ मतमा चित्त बुझाउनुपर्यो । मेलम्ची ११ मै एमालेका चन्द्रबहादर तामाङले माओवादीका सुदर्शन सापकोटालाई ४७ मतले पछाडी पारे । तामाङको ११८२ मत आउँदा सापकोटाले ११३६ मत पाए ।

    चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा एमालेका सानुकान्छा श्रेष्ठ नेकपा एकिकृत समाजवादीका युवलाल श्रेष्ठले ३६ मतले पछाडी पारे । सानुकान्छाले ५९३ मत ल्याँउदा युवलालले ६३० मत ल्याएर विजयी भए ।

    चौताराकै वडा नं. ८ मा कांग्रेसका अमृतबहादुर दंगालले माओवादीका रामकृष्ण दंगाललाई ८ मतले पछाडी पार्दै जित आफ्नो पक्षमा पारे । अमृतले ६८८ मत ल्याँउदा रामकृष्णले ६८० मत ल्याए । चौतारा १४ मा एमालेका उद्दव नेपालले माओवादीका बलबहादुर तामाङलाई २१ मतले पछाडी पारे । नेपालको ६८६ मत आँउदा तामाङले ६६५ मत पाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस