२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

माओवादीले धोका दियो, ६ महिनापछि ब्याजसहित तिर्छौँ : विकास लामा

  • २०७९ जेष्ठ १०, मंगलबार मा प्रकाशित २ साल अघि
  • जेठ १०, २०७९

    चौतारा । नेपाली कांग्रेसका पूर्वसभापति विकास लामाले गठबन्धनको क्रममा सिन्धुपाल्चोकमा माओवादी केन्द्रले धोका दिएको आरोप लगाएका छन्। लामा इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित भएका हुन्।

    लामाले फेशबुकमा लेखेका छन्, ‘सिन्धुपाल्चोकमा एमाले माओवादी गठबन्धन निकै कसिलो भएको पाइयो। अब हिसाब किताब ६ महिनापछि ब्याज समेत तिरौँला।’

    उनले आसन्न संघीय र प्रदेशसभाको निर्वाचनमा अहिलको धोकाको ब्याजसहित तिर्ने चेतावनी दिएका छन्।

    इन्द्रावतीमा एमालेका उम्मेदवार झम्क नेपाल अध्यक्ष र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका थिए। कांग्रेसका उम्मेदवार लामालाई ९७५ मतले पराजित गरेका थिए।

    पालले ७ हजार १२७ मत पाए भने लामाले ६ हजार १५२ मत पाएका थिए। उपाध्यक्षमा एमालेकी उम्मेदवार तामाङले ६ हजार ५१३ मत पाइन भने कांग्रेसकी दया कुमारी मिश्रले ६ हजार ४६३ मत पाएकी छन्।

    इन्द्रावती गाउँपालिकामा अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो । त्यसबेला एमालेका नेपाल नै पराजित भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस