जेठ १०, २०७९
चौतारा । नेपाल कृषि सहकारी जिल्ला संघ सिन्धुपाल्चोकको बैठक आज जिरोकिलोमा सम्पन्न भएको छ । बैठकले खेतिपातिको सिजन सुरु भइसकेको तर रासायनिक मल अभाव रहेको भन्दै तत्काल ध्यान दिन स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।
बैंठकको अध्यक्षता गरेका जिल्ला अध्यक्ष मित्रलाल चौलागाईका अनुसार खेतिपातिको सिजन सुरु भइसकेको अवस्थामा जिल्लामा मलको चरम अभाव रहेको भन्दै १२ वटै स्थानिय तहलाई समन्वय गरी यथाशिघ्र मल उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले जिल्लाका कृषि सहकारीहरुको वार्षिक समिक्षा , कार्यालय व्यवस्थापन लगाएत विभिन्न विषयमा छलफल तथा निर्णय गरिएको चौलागाईले बताए।
प्रतिक्रिया दिनुहोस