२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

लिसंखुपाखर जितेसँगै माओवादीले सिन्धुपाल्चोकमा जित्यो चार पालिका

  • २०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित २ साल अघि
  • जेठ ४, २०७९

    चौतारा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजु लामा लामा निर्वाचित भएका छ।

    लिसंखुमा लामा निर्वाचित भएसँगै हालसम्म सिन्धुपाल्चोकमा माओवादीले ४ पालिकामा जित हासिल गरेको छ।

    लिसंखुपाखरसहित माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका प्रमुख जितेको छ।

    सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये १० वटा पालिकारनगरको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच पालिका प्रमुख जितेर पहिलो दल, चार पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रो र एक पालिका प्रमुख जितेर एमाले तेस्रो दलका रुपमा रहेको छ ।

    बाँकी २ वटा पालिकाको परिणाम आउँदा पनि अहिलेसम्मको दलीय समिकरण फेरिन सक्ने अवस्था छैन। परिणामले एमालेले आफुलाई ०७४ सालको तुलनामा खुम्च्याएको, कांग्रेस र माओवादी केन्द्रले जनमत बढाएको देखाउँछ ।

    १२ वटा पालिका रहेको सिन्धुपाल्चोकमा ०७२ सालको निर्वाचनमा दुई पालिका मात्रै जितेको थियो। एमालेले सात र कांग्रेसले ३ पालिका जितेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस