२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बाह्रबिसे-३ मा झडप हुँदा प्रहरीद्वारा चार राउन्ड हवाइ फायर

  • २०७९ बैशाख ३०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • वैशाख ३०, २०७९

    चाैतारा । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा जिल्लाको बाह्रबिसे नगरपालिका ३ स्थित क्षमादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

    पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसे नगरको क्षमादेवी मन्दिर क्षेत्रको स्थानीय मतदान केन्द्रमा दुई दलबीचको विवादले झडपको रुप लिएपछि मतदान स्थगित गरिएको हो ।

    जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मतदान केन्द्रमा झडपलाई रोक्न सशस्त्र प्रहरीले चार राउन्ड हवाइ फायरिङ गरेको र अन्य सुरक्षाकर्मी फौज परिचालन गरिएको छ । करिब १ बजे मतदान केन्द्रमा बाह्रबिसे नगरको वडाका स्वतन्त्र उम्मेदवारले मतपेटिकातर्फ लाठी तेर्स्याएपछि त्यसलाई रोक्न दुई दलबीच घम्साघम्सी भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस