वैशाख २६, २०७८
चौतारा । निर्वाचन मिति नजिकँदै गर्दा बलेफी गाउँपालिका वडा नं २ मा चुनावी चहलपहल बढेको छ । माओवादी केन्द्रका केन्द्रीय नेताहरुको बसोबास रहेको यस वडामा यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पुरुषोत्तम सापकोटालाई वडाध्यक्षको उमेदवार बनाएको छ ।
सापकोटा गाउँ बस्तीमै बसेर मतदातासँग घुलमिल भएका, स्पट, सरल, सहज र लोकप्रिय युवा नेता हुन् । बलियो संगठन, निरन्तरको सक्रियता, पार्टी र उमेदवारको मतदातासँगको दोहोरो सम्बन्धका कारण सापकोटा फराकिलो अन्तरले अघि रहेका स्थानीय बताउँछन् ।
‘पैले धेरै भोट बदर भएर हार्नु पर्यो, यसपाली पुरुषोत्तम सापकोटाको पक्षमा माहोल निकै राम्रो छ, जित्ने पनि पक्का छ’ कल्लेरी बेसीमा भेटिएका तेज बहादुर भण्डारीले भने ।
कांग्रेसका बढि मतदाता रहेका ढाँडेखोलाबाट अर्जुन भण्डारीलाई वडा सदस्य उठाएपछि माओवादीले जितको आधार अझ बलियो बनाएको स्थानीयको भनाइ छ ।
‘वडाध्यक्ष जितेका छविलाल न्यौपानेले घरमा पहिरो खस्दा पनि सहयोग दिन मानेनन, साझा बन्न सकेनन’ अर्का मतदाता बच्चु भण्डारीले दुखेसो पोखे । यो चुनावमा मतदाताको मायाँ पुरुषोत्तमलाई रहेको सुनाउने धेरै भेटिए ।
नौबिसे र माझी बस्तीमा माओवादीको बलियो पकड छ, कामिटार, झोलंगे हुँदै अर्चलेसम्म माओवादी नै अघि छ, भुजुंगे, माख्लो कल्लेरी, तल्लो कल्लेरी, विष्टे, अर्यालडाँडा हुँदै पौडेलगाउँसम्म बलियो पकड रहेको माओवादीको भनाइ छ ।
सिंगो माझी बस्तीको प्रतिनिधित्व गदैै सावित्री माझि, भुजुंगेबाट मिना विक र अनुभवी यमबहादुर पौडेललाई उमेदवारी उठाएको माओवादीले यसपटक जितका लागि गरेको दावी स्वाभाविक रहेको स्थानीले सुनाए ।
माओवादीका उमेदवार राजनीति र समाजसेमावमा सक्रिय र निष्ठावान छन्, गाउँबस्तीमा लोकिप्रिय छन् स्थानीय रजनी विकले सुनाइन् ।
वडामा कांग्रेसले अघिल्लो चुनावमा जितेका छविलाल न्यौपानेलाई नै उमेदवार बनाएको छ । प्रहरीबाट अवकार लिएपछि गाउँ फर्केका उनले चुनाव जितेका थिए । पाँच वर्षमा देखिने गरी कुनै काम नभएको, पक्षपातपूर्ण व्यवहार गरिएको आरोप लागेका उनलाई केन्द्रबाट पैसा आउँदा समेत सिमित स्वार्थका कारण वडा कार्यालय भवन नबनाएको गुनासो छ ।
अघिल्लो बर्ष सभामुख अग्निप्रसाद सापकोटाको स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट, गाउँपालिकाबाट र वडाबाट समेत बजेट छुट्याइकोमा अध्यक्ष छविलालको असक्षमता कारण कार्यालय नबनेकोमा मतदाता रुष्ट छन् ।
फुल्पिङ, ढाँडेखोला लगायतका क्षमा पकड रहेको र अध्यक्ष हुँदा छविलाल न्यौपानेले सिफारिस दिएकोले जित्ने सम्भावना कायम रहेको कांग्रेसले दावी गरेको छ । कांग्रेसमा उमेदवारी छनौटमै चर्को विवाद भएपछि त्यसका असर अझ बाँकि रहेको चर्चा कार्यकर्तामाझ सेलाएको छैन ।
वडाध्यक्षमा तीन जनाको मात्रै उमेदवारी परेको बलेफी २ मा एमालेबाट रविन्द्र नेपाल उमेदवार छन् । उनी यस अघि कमै मात्रै स्थानीय राजनीतिमा देखिएका थिए । यातायात व्यवसायी नेपालले पार्टीको भोट रक्षा गर्ने एमाले पंक्तिको निष्कर्ष छ । एमाले चुनावमा पनि तेस्रो स्थानमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस