२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

यसरी उर्लियो गंगाबहादुरको पक्षमा बलेफी गाउँपालिकाको जनलहर

  • २०७९ बैशाख २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • वैशाख २३,२०७८

    चाैतारा । जिल्लाको बलेफी गाउँपालिकामा दलहरुले चुनाव लक्षित अभियान सहित घरदैलो कार्यक्रम गरिहँदा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा बहादुर तामाङको पक्षमा जनलहर उर्लिएको छ ।

    जलविरेबाट घरदैलो सहित चुनावी अभियानमा आठवटै वडामा कार्यक्रम भइरहँदा पालिकामा तामाङ्को पक्षमा ठूलो जनलहर देखिएको हो ।

    सरल, सालिन, सक्रिय र कुशलताका पर्याय गंगा बहादुर तामाङलाई बलेफी गाउँपालिकामा स्थापित भइसकेका युवा नेता हुनुको फाइदा छ । अघिल्लो स्थानीय चुनावमा ठूलो संख्यामा मत बदर भएपछि झिनो मतले प्राविधिक हार बेहोरेका तामाङ्लाई नै माओवादीले पार्टीका तर्फबाट सर्वसम्मत उमेदवार छनौट गरेपछि सुरु भएको माहौल घर दैलो अभियान पछि अझ मजबुत बनेको हो ।

    बलेफी गाउँपालिकाको वडा नं ४ का बासिन्दा गंगा बहाुदर तामाङको सिंगो पालिकामा बलियो पकड रहेको विपक्षले पनि स्वीकार गरेका छन् ।
    माओवादीको आधार इलाका बलेफीमा एमालेबाट

    निर्वाचित पालिका अध्यक्षले चुनावको मुखैमा अर्को पार्टी रोजेपछि माहौला विग्रीएको कार्यकर्ताबीच चर्चा छ । अर्कोतर्फ १४ करोड बेरुजु, देखिन गरी भएको भ्रष्टाचार र पदमा रहँदा पक्षपातपूर्व व्यवहारको आरोप लागेका व्यक्तिलाई पार्टीमा ल्याउँदा र घरदैलो गर्दा व्यापक जनगुनासो आएको कांग्रेस वृत्तमा चर्चा छ । यसबाट पनि माओवादीका उमेदवार गंगा बहादुर तामाङ प्रवेशलाई थप बल पुगेको छ ।

    ठूलो संख्यामा तामाङ समुदाय रहेको बलेफी गाउँपालिकामा अन्य पार्टीले अध्यक्ष पदमा तामाङ उमेदवार उठाएका छैनन् । चुनावी अभियानका क्रममा धुस्कोट, व्वाँसे, चिम्लिङ, बँदर्पा लगायतका बाक्लो तामाङबस्ती भएका स्थानमा उर्लिएको माहौलले माओवादीले फराकिलो मतान्तर बनाएको माओवादीको भनाई छ ।

    गाउँपालिकाको बौद्धिक बर्ग, शिक्षाप्रेमी, बुद्धिजिवी र व्यापारी व्यवसायीले समेत माओवादी उमेदवार तामाङ्लाई जिताएर न्याय दिलाउने प्रतिवद्धता जनाएर अग्रिम बधाई दिएका छन । जलविरे, बलेफी खाडिचौर, लामोसाँघु जस्ता बजार क्षेत्रमा देखिएको जनलहरले पनि तामाङको जित सुनिश्चित बनाएको चर्चा छ ।

    जनयुद्धको उद्गमस्थल कुविण्डेस्थित विद्यालयमा अध्ययनका क्रममा माओवादी आन्दोलनमा होमिएका तामाङ, उथलपुथलकारी राजनीतिक परिवर्तनकारी जनयुद्धमा सहभागी भएका थिए । विस्तृत शान्ति सम्झौता पछि बलेफीमै बसेर राजनीति, समाजसेवामा सक्रिय तामाङ मिलनसार र लोकिप्रिय नेताका रुपमा स्थापित छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस