बैशाख १८, २०७९
चाैतारा । निर्वाचन आयोगले स्थानीय चुनावमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ। आयोगले यही वैशाख ३० गते हुने निर्वाचनमा प्रयोग हुने मतपत्रको नमुना जिल्लागत रूपमा सार्वजनिक गरेको हो।
६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको भने मतपत्र छपाइ भर्खरै सुरु भएकाले सार्वजनिक गरिएको छैन। आयोगका अनुसार मतपत्रको रंग हरियो र चुनाव चिह्न कालो रंगका हुनेछन्।
मतपत्रमा सबै भन्दामाथि राष्ट्रिय दलहरूको, अन्य साना दलहरूको र त्यसपछि स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह राखिएको छ। मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख र तेस्रोमा नेकपा माओवादी केन्द्रको हँसिया हथौडा समावेश छ।
यस्तै चौथोमा जनता समाजवादी पार्टी ‘जसपा’ को छाता, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’को साइकल र छैटौं लहरमा नेकपा एकीकृत समाजवादी पार्टीको कलम राखिएको छ।
प्रतिक्रिया दिनुहोस