बैशाख ११, २०७९
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वतमान मेयर अमानसिं तामाङले सभामुख अग्नि सापकोटाको पावरमा केन्द्रीय माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसादले टिकट अपहरण गरेको आरोप लगाएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीबाट फेरि टिकट नपाउने भएपछि उनले यस्तो आरोप लगाएका हुन्।
नेता तामाङले फेशबुकमा लखेका छन्, ‘यहि बैशाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टी अध्यक्ष क. प्रचण्डले बारबार टिकट मलाई दिँदा पनि बीचबाट अग्नि सापकोटाको पावरमा कृष्णप्रसाद सापकोटाले अपहरण गरेकोले आज सबै जनताको मागलाई सम्बोधन गर्नका लागि स्वतन्त्र रुपमा उमेदवारी दर्ता गर्ने जानकारी सबैमा गराउन चाहान्छु।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिकट सुनिश्तिच गरेको समेत दाबी गरे।
त्यसो त माओवादीले यसपटक दोहोरिने मौका नदिने भएपछि उनले एमाले र कांग्रेसमा समेत प्रवेशको लागि वार्ता गरेको थिए।
प्रतिक्रिया दिनुहोस