२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

फेरि टिकट नपाएपछि भुपेन्द्र श्रेष्ठ छाडे एमाले

  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित २ साल अघि
  • वैशाख ११, २०७८

    चौतारा । नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा दोहोरिने मौका नपाएपछि अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी छाडेका छन्। गत स्थानीय तहको चुनावमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष श्रेष्ठले फेरि अध्यक्षमा भिड्ने आकंक्षा देखाएका थिए।

    तर, पार्टीले मेघनाथ पौडेललाई टिकट दिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेसँगको सम्बन्ध विच्छेद भएको घोषणा उनले गरेका छन्।

    फेसबुकमा लेखेका छन्, ‘नेकपा एमाले २०५१ सालबाट सक्रियता राजनीति सुरु गरेर आज आइपुग्दा म गाउँपालिका अध्यक्षसम्म भएँ। म यो पार्टीको काम र अध्यक्ष रहँदा निष्ठापूर्वक जनताको काम गरेको थिएँ। तर कही दिनभित्र हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको लागि मेरो उम्मेदवारी दावी थियो।’

    टिकट निश्चित भइसकेको अवस्थामा आफूलाई षड्यन्त्र गराएर हटाएकोे उनको आरोप छ। उनी एमाले राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य समेत थिए।

    ‘टिकटको निष्चित भएपछि षड्यन्त्रपूर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएको हुँदा म आजदेखि नेकपा ९एमाले० को राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य तथा संगठित सदस्यबाट समेत राजिनामा गर्दै २८ बर्षको सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु’ उनको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस