२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

जुगल गाउँपालिका : कांग्रेसले टिकट नदिएपछि एमालेमा जयबहादुर लामा

  • २०७९ बैशाख १०, शनिबार मा प्रकाशित २ साल अघि
  • बैशाख १०, २०७९

    चौतारा । नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा प्रमुखका आकांक्षी जयबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई शनिबार एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले एमालेमा स्वागत गरेका हुन् ।

    उनीसँगै वडा नम्बर पाँचका अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन्। लामाका छोरा तरुण दलका जिल्ला उपसभापतिसहित दर्जन बढी नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

    जुगलमा कांग्रेसबाट हिमाल श्रेष्ठले टिकट पाउने भएपछि उनी एमाले प्रवेश गरेका हुन् । सोही कार्यक्रममा कांग्रेस केन्द्रीय यातयात विभागका सदस्य नबिन्द्र योन्जन,तरुण दलका नेता लगायत एक सय बढी काग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

    उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिट्ब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरु दावा तामाङ, सरेश नेपाल, जिल्ला अध्यक्ष कमल नेपाल लगायतले स्वागत गरेका थिए ।

    पार्टी प्रवेश गरेसँगै लामालाई एमालेले जुगल गाउँपालिकाको अध्यक्षको उमेदवार समेत बनाएको छ। कांग्रेसबाट गाउँपालिकाको दाबेदार भए पनि काग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि लामा सहितका नेताहरुले पार्टी परित्याग गरेका हुन।

    ०७४ काे निर्वाचनमा एमालेका होमनारायण श्रेष्ठसँग जयवहादुर १८१ मतले हारेका थिए।  एमालेका श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा जयवहादुर लामाले २६३७ मत पाएका थिए भने तेस्रो स्थानमा माओवादीका रेशम स्याङ्बोले २४४५ मत पाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस